काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटाउनमा आफ्नो भूमिका नभएको स्पष्ट पारेका छन्।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

advertisement

जसपा किन फुटाउनुभएको भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘कसले देख्छ र प्रचण्डबाहेक यो देशमा। मेरो भूमिका छैन।’

संसद्को बर्खे अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ। बर्खे अधिवेशन सुरु हुनुअघि नै संसदमा जारी अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेताहरूसँग संवाद जारी राखेका छन्।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com