चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबी राईलाई किन समातेर नेपाल ल्याइएन भन्ने प्रश्नसँगै किन भगाइएको भन्ने प्रश्न पनि आउने बताएका छन्।
शनिबार चितवन पुगेका मन्त्री लामिछानेलाई पत्रकारहरूले जिबी राईबारे सोधेको प्रश्नमा जवाफ दिँदै किन समात्न सकिएन भन्नेसँगै किन भगाइएको भन्ने प्रश्न पनि आउने बताएका हुन्।
गृहमन्त्री लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप समेत लगाएका छन्।
प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार













प्रतिक्रिया