काठमाडौं । महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत् चालकहरूलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।

advertisement

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै ती चालकहरू रिहा भएका हुन्।

उनले फेसबुकबाटै भ्रष्टलाई समाउन नसक्ने सरकारले चालक समाएको भन्दै सिंहदरबार, सबै पार्टि कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com