काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटकपटक हस्तक्षेप हुँदै आएको बताएका छन्। विगतमा पनि हस्तक्षेप भएको र आफू पनि जेल गएको स्मरण गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको बताएका छन्।

नागरिकता किर्ते कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि आज विज्ञप्ति जारी गर्दै उनले सहकारीका बचतकर्ताहरूको रकम ठगी भएको विषयमा निरन्तर समाचार लेखेको प्रतिशोध लिन खोजिएको जिकिर गरेका छन्।

advertisement

यसअघि पनि समाचार लेखेबापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको स्मरण गर्दै उनले अहिले पनि आफू व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको, तर कान्तिपुरले आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता नगर्ने स्पष्ट पारे।

बिज्ञप्ति

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com