काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालले गैरुकानूनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ पाएका छन्। गत असारमा दायर मुद्दामाथि सुनुवाइ गर्दै बुधबार विशेषले सफाइ दिने फैसला गरेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजालसले यस्तो फैसला गरेको हो। ढकालविरुद्ध सम्पत्ति विवरणसँग अमिल्दो उच्चस्तरको जीवनयापन गरेको भन्दै उजुरी परेको थियो।

advertisement

ढकालले साउन ०७४ देखि ०७९ सम्म एक करोड ४४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानूनी स्रोतबाट आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उनको वैध आय ६ करोड ३९ लाख हुनुपर्नेमा सात करोड ८४ लाखको सम्पत्ति भेटिएको थियो। त्यसपछि स्रोत नखुलेको सम्पत्तिलाई अवैध आर्जन मान्दै मुद्दा दायर भएको थियो।

११ असार ०८० मा उनीविरुद्ध मुद्दा दायर भएको थियो । ढकालले पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको प्रकरणमा पनि सफाइ पाइसकेका छन्।

  • शिल्पा कर्ण/नयाँ पत्रीका

प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com