काठमाडौं । बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको हो।

advertisement

पर्सा प्रहरीका नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बिहीवार राति आफ्नै घरको पिढीमा बसिरहेका बेला हुरीले छिमेकीको घरको जस्तापाताको छाना लागेर साह गम्भीर घाइते भएका थिए।

घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको न्यौपानेले बताए।

यस्तै बहुदरमाई नगरपालिकामा पनि हवाहुरीले क्षति पुर्‍याएको छ।

हावाहुरीले वडा नम्बर ५ बर्वा टोलमा रहेको एक घरको छानो खसेको छ। छानोमा च्यापिएर ९ जना घाइते भएका छन्। घटनाबारे भने विस्तृत जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ। यस्तै वडा नम्बर ७ भौराटारमा रहेको एनसेलको टावर पनि ढलेको छ।

प्रहरीलाई प्राप्त विवरण अनुसार एनसेलको टावर ढलेर च्यापिदा एक पुरुष गम्भीर घाइते  भएका छन्। उनको पहिचान भने खुलेको छैन। उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

बिहीवार रातिको हावाहुरीले पर्सा जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको न्यौपानेले जानकारी दिए।

  • विमला गुप्ता/ नागरिक

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com