काठमाडौं । विश्वकपमा सहभागिताका लागि वेस्टइन्डिज पुगेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेर आफ्नो विश्वकपमा खेल्ने सपना पूरा भएको बताएका छन्।

उनले अमेरिका भिसा प्रकृयाका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद, क्यानले प्रयास गरेको भएपनि भिसा नपाएको बताए। यद्यपि, उनले क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज कृष्ण घिमिरे तथा म्यानेजर विनोद दासलगायतको निरन्तर सहयोग र प्रयासले वेस्ट इन्डिजमा हुने बाँकी दुई खेलमा सहभागिता जनाउने अवसर पाएको भन्दै सबैलाई धन्यवाद दिएका हुन्।

advertisement

उनले अन्तिम दुई खेलका लागि टिमसँग अभ्यासमा सहभागी हुने भन्दै आफ्नो र सम्पूर्ण फ्यानहरूको विश्वकप खेलेको हेर्ने चाहना पूरा भएको समेत उल्लेख गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्दीपले भने ‘म अब बाँकी दुई खेलका राष्ट्रिय टिमसँग वेस्ट इन्डिजमा रहने छु। मेरो सपना र समर्थकहरूको सपना पूरा हुँदैछ।’

उनले झुटा हल्ला र अफवाहाका पछि नलाग्न समेत आग्रह गरेका छन्। उनले सबैलाई १० वर्षपछि विश्वकप खेलिरहेको नेपाललाई निरन्तर हौसला बढाउन आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com