काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले भोलिको खेलका पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्।

आईसिसी टी–२० विश्वकप अन्तर्गत भोलि हुने श्रीलङ्काविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले भोलिको खेलमा नेपालले जित हात पार्ने विश्वास व्यक्त गरे।

advertisement

उनले भने, ‘श्रीलङ्का टी–२० विश्वकप क्रिकेट विजेता टोली हो। हामीभन्दा निकै अनुभवी टीम पनि हो। उसँग राम्रो स्पिनर पनि छ। तर, जारी सिजनमा उसको प्रदर्शन राम्रो छैन र हामीभन्दा बढी दबाबमा रहेको हुँदा हामीलाई सहज हुने र नेपालले पहिलो जित हासिल गर्छ।’

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएपनि भोलिको खेलमा आफ्नो पहिलो जित निकाल्नका लागि तयार रहेको उनले बताए।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com