काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ।

११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार १५ गतेदेखि आवेदन खुला गरिने महानगरपालिकाले जनाएको छ।

advertisement

आवेदन असार २९ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन ४ गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com