काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनीष झाले कारबाहीमा परेपछि मुकुल ढकालले ‘भिक्टिम कार्ड’ खेलिरहेको बताएका छन्। मुकुलले आज आइतबार आफूमाथि उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट कुटपिटको धम्की आएको सामाजिक संजालमार्फत् बताएका थिए।

त्यसको प्रतिक्रियामा झाले सामाजिक संजालमा लेखेका छन्, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिने गरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन्।’

advertisement

आरोप लगाउँदा जनताले पत्याउने सोचेर मुकुलले झुठमाथि झुठ बोलेका भन्दै झाले अगाडि लेखेका छन्, ‘प्रेस मिट गरे, साराले गाली गरे। टिकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठमाथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन्।’

अन्टसन्ट बोलेर कुटाइ खाने प्रयास गर्ने, कृत्रिम दुर्घटना गराएर दोष लगाउने, पार्टी कार्यालयमा हुल हुज्जत गरी पक्राउ पर्ने जस्ता अप्रिय प्रयास गर्ने मुकुलको योजना हुनसक्ने भन्दै झाले उनको हेरचाह गर्न परिवारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ३१ असार २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com