काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न बनाउने निर्णय गरेका छन्। सामाजिक संजालमार्फत् प्रधानमन्त्री ओलीले आफ्नो पहिलो निर्णयबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीको सामाजिक संजालमा लेखिएको छ, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला ! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।’

advertisement

प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com