काठमाडौं । क्वलालम्पुर पिकलबल एसोसिएसन द्वारा मलेसियाको राजधानी क्वालालम्पुर स्थित तुन रजक नेशनल टेनिस सेन्टरमा आयोजित स्केचर्स अन्तराष्ट्रिय पिकलबल टुर्नामेन्टमा सहभागी हुन नेपाली खेलाडीद्वय सौरभ भण्डारी र राधेश्याम मचामसी मलेसिया प्रस्थान गरेका छन् ।
श्रावण ११ गते देखि १४ गते सम्म हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खुल्ला तर्फ पुरुष सिङल्स र डबल्स खेल्ने पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले जानकारी दिए। उक्त प्रतियोगितामा १६ देशका ४६९ जना खेलाडीहरु सहभागी हुने जनाइएको छ। नेपाली खेलाडीहरुले आज एडभान्स क्याटोगोरीमा पुरुष एकल तर्फ मलेसिया थाइल्यान्ड र सिङ्गापुरका खेलाडीहरु सङ्ग प्रतिस्पर्धा गर्नेछन्।
विश्वब्यापी रुपमा तिब्र बिस्तार भइरहेको पिकलबल खेल छोटो समयमा नेपाली खेलप्रेमीहरु माझ लोकप्रिय बनिरहेको अध्यक्ष भण्डारी बताउँछन् ।
प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार













प्रतिक्रिया