कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका छन्। स्थानीय भीमबहादुर चौधरीको घरमा मानिस मृत्यु भएको १३औँ दिनको पुण्य तिथिमा रुखमुनि टेण्ट लगाएर महिलाहरु खाना पकाउने क्रममा दिउँसो चट्याङ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ लागेर स्थानीय ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी र ३८ वर्षीया उर्मिला डगौरा घाइते भएका छन्।

advertisement

यसैगरी, स्थानीय ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ घर भएकी ३० वर्षीया ममता थारु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए। घाइतेहरुको स्थानीय बर्दगोरिया अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

  • तेजराज भट्ट

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com