काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल ‘कनेक्टिभिटी’ मार्फत मुलुकलाई दुवै छिमेकी मुलुकसँग जोड्ने आफ्नो योजना सार्थक बन्ने बताएका छन्।

सोमबार बिहान सरकारी निवास बालुवाटारमा दोलखा जिल्लाका राजनीतिक दलका सर्वदलीय प्रतिनिधिमण्डलकाे ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन्।

advertisement

उनले रेल र पानी जहाजकाे विषयमा केहीले आफ्नो मजाक उडाएको प्रति गुनासो गरे। उनले भने “रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो पनि भने। तर रक्साेल – काठमाडौं रेल भनेको काठमाडौं दिल्ली वा काठमाडौं मुम्बई, अनि केरुङ- काठमाडौं रेल भनेको काठमाडौं ल्हासा हो भन्ने कुरा उडाउनेहरुले बुझ्न सकेनन, अब बिस्तारै बुझ्नेछन्।’

उनले आफू हचुवाका भरमा बोल्ने र हचुवाकै भरमा काम गर्ने प्रधानमन्त्री नरहेको समेत बताए। आगामी दिनमा ठुला आयोजनाहरू अनावश्यक ढिलाइ र लापरबाही गर्ने परिपाटी रोक्न सरकारले विशेष ध्यान दिने उल्लेख गरे। ओलीले सडक विकास पछि मुलुक अब टनेल युगमा प्रवेश गरेको समेत दाबी गरे।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com