काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ। प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ।

गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने बताइए पनि त्यसमा प्रहरी असफल भयो। झाले प्रहरीमा इन्कारी बयान दिएका छन्। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको तथा आफूले पैसा पनि नलिएको उनको दाबी छ।

advertisement

सचिव पाण्डेले राजनीतिक सम्पर्कमा आएका बेचनमार्फत यस प्रकरणको थप थाहा हुने बयान दिएका थिए । साथै रामशरण केसीले झालाई दुई करोड रुपैयाँको चेक दिएको बताएका थिए। झा पक्राउ परेकै कारण अघिल्लो सरकार ढलेको माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दाबी गर्दै आएका छन्।

प्रहरीले उनीविरुद्ध बलिया प्रमाण संकलन गर्न सकेको छैन। साथै, सम्पत्ति र नागरिकताको विषयमा समेत थप अनुसन्धान नगरी मुद्दा दायर भएको छ। साथै ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने भए पनि उनीविरुद्ध ४५ दिनमै मुद्दा दायर भएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com