काठमाडौँ । दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गरेका महामन्त्री विश्वप्रकाश शर्माको काँग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ। आलोचकका अनुसार यस्तो नीति अलोकतान्त्रिक हुन्छ ।
आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाशको आलोचना गर्दै भने, ‘प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी विश्वप्रकाशजीले ल्याएको प्रस्तावलाई पार्टीले नीति बनाउने हो भने त्यो अलोकतान्त्रिक हुन्छ । जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।’
प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार













प्रतिक्रिया