काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ । विद्युत बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि माओवादी सांसदहरुले नियमापत्ति गरेका हुन्।

सांसद माधव सापकोटाले नियमापत्ति गरेर बाल्ने समय मागेपनि सभामुखले समय दिएनन्। सो क्रममा भट्टराईले बारम्बार ‘माओवादीको हिंसा नै हो’ भनी दोहोर्याइरहे।सापकोटाले संविधानले हिंसा नभनेको स्मरण गराइरहँदा भट्टराईले भने, ‘हिंसा हो हिंसा हो हिंसै हो । हिंसा बाहेक केही होइन ।यो हाम्रो परिभाष हो उहाँले नमाने पनि केह्री हुँदैन । यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो ।’

advertisement

अन्ततः सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई एक मिनेटको समय दिए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समय माग गरे पनि सभामुखले भट्टराईलाई नै समय दिएपछि माओवादी सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com