काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ।

advertisement

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसिरहेका राउत आफूहरूको सम्बन्ध राम्रो नभएका कारण सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालत पुगेका हुन्।

रानी भारतीय नागरिक रहेको बुझिएको छ। राउतका दुई छोरी र एक छोरा रहेको बताइएको छ। निवेदनमा छोराछोरी आफूसँगै राख्न पाउन पनि राउतले माग गरेका छन्।

 

 

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com