काठमाडौं । रामेछापको सुनारपानीमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीमा दुर्घटना हुँदा ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको हो।

बोलेरोमा सवार यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। अन्य घाइतेको पनि उद्धार गरेर मन्थली अस्पतालमा पठाइएको छ।बोलेरो सडकबाट झण्डै २०० मिटर तल खसेको छ।

advertisement

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com