काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी कार्य क्षेत्रमा खटिरहेको जानकारी दिएका छन्।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्रीले विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको भन्दै समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन्।

advertisement

उनले भनेका छन्, ‘तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ। बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गरौँ। वर्षाले क्षति पुर्‍याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको थियो। सोही योजना अनुसार सरकारले देशैभर हजारौँ उद्धारकर्मी तैनाथ गरेको छ।’

मौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने बताएको जनाएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा रहेको भन्दै विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com