काठमाडौं । बाढीपहिरोले बिपी राजमार्गको १२ किमी सडकमा क्षति पुर्‍याएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चौकीडाँडा-कालढुङ्गा १८ किमी सडकमध्ये १२ किमी सडक पूर्ण रूपमा क्षति छ।

advertisement

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी बिपी राजमार्गको १२ किमी सडक बगेको जानकारी दिएको हो। यी सडकका बीच-बीचमा सवारी साधन रोकिएको अवस्था छ।

दुवैतर्फ पहिरो हटाउने काम सुरू गरे पनि दसैंअघि सडक पूर्ण रूपमा सञ्चालनमा आउन मुश्किल छ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बिपी राजमार्गका सडकमा क्षति पुर्‍याएको हो।

असोज १० देखि १२ गतेसम्म परेको वर्षाले धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा पनि क्षति पुर्‍याएको छ।

रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सवै विकल्प प्रयोग गरेर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने तयारीमा मन्त्रालय जुटेको छ।

तर भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दसैंअघि खुल्न गाह्रो रहेको बताएका छन्। ‘जतिसक्दो छिटो खुलाउने प्रयत्न गर्छौं, कतिपय ठाउँमा पूरै खोलै फर्काउनु पर्ने भएको छ। जसले गर्दा धेरै समय लाग्छ,’ उनले भने।

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com