काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ।हालै बसेको मन्त्रिपरिषद्को बैठकले तीन वर्ष अघिको यो निर्णय रद्द गरिदिएको छ।

२०७८ चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति बनाएको थियो । त्यो बेला  अर्थमन्त्री जनार्दन शर्मा थिए। तत्कालीन अर्थमन्त्री शर्मासँग विवाद उत्कर्षमा पुगेपछि जाँचबुझ समिति बनाएर गभर्नर अधिकारीलाई हटाउने चलखेल भएको थियो।

advertisement

परमादेशबाट बनेको कांग्रेस माओवादीसहित गठबन्धन सरकारले गभर्नर अधिकारीलाई नाजायज काम गराउने प्रयास गरेको थियो। त्यो काम रोकिदिएपछि अधिकारीलाई कारबाही गर्न भनी जाँचबुझ समिति  बनाइदिएको थियो।

अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद रकम राष्ट्र बैंकले रोकिदिएको थियो। जसका कारण अर्थमन्त्री शर्मा र गभर्नरबीच बोलचाल पनि बन्द भएको थियो।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com