काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन्।

सम्बोधनको क्रममा सभापति लामिछानेले ठूला भनिएका दलहरू रवि लामिछाने र रास्वपालाई सिध्याउने गरी लागे पनि रास्वपा अभियान बनिसकेकोले केही फरक नपर्ने बताए।

advertisement

उनले भने, ‘सरकारलाई चेतावनी दिन चाहान्छु, षड्यन्त्र गरेर लडाउने होइन। यिनको ध्यान रवि लामिछानेलाई जेल हाल्ने, रास्वपालाई लडाउने हो, रास्वपा अभियान बनिसकेको छ । एक से एक नेताहरू छन् ।’

 

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com