एजेन्सी । फिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्।

उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ डुबानमा परेका छन्।

advertisement

उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेका प्रहरीले बताएको छ।

राजधानी मनिलाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ । ‘हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ। तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो’, क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भने।

बेलुकीसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट १५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघण्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ।

यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो। यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो।

२४ घण्टामा यो क्षेत्रमा ५०० मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com