काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महशुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन्।

उनले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे । सहकारी ठगी गर्नेहरूको सम्पती बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनको भनाइ छ।

advertisement

सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारवाही गर्नुपर्ने भन्दै उनले संसदीय छानविन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिए।

जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारवाही गर्न सरकार पछि हट्न नहुने उनले बताए।

 

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com