काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

शनिबार रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति मार्फत जनाएका छन्।

advertisement

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोपमा रास्वप्प पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी छ। उनलाई कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

यसैबीच, रास्वपाले लामिछानेको गिरफ्तारीको विरोध गर्दै विभिन्न प्रदर्शन गर्दै आएको छ। पार्टीले लामिछानेलाई राज्यले प्रतिशोधको कारण पक्राउ गरेको दाबी गर्दै आएको छ।

विज्ञप्तिमा भनिएको छ, “सभापति रवि लामिछानेविरूद्ध गरिएको कारबाही राजनीतिक प्रतिशोधको निकृष्ट उदाहरण हो र रास्वपा यस कार्यको घोर निन्दा गर्दछ। यस कारबाहीको उद्देश्य रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सत्तारूढ दलहरूले गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।”

प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com