काठमाडौँ । भक्तपुरमा घरायसी विवादको क्रममा बुबाले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन्।

गएराति भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका-६ हात्तिबाचका वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई बुबा ६३ वर्षीय दीप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

advertisement

नरेन्द्रको उपचारको क्रममा भक्तपुर अस्पतालमा गएराति नै मृत्यु भएको हो । उनको शव पोष्मार्टमको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृतकका बुबा दीप बहादुरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com