काठमाडौं । रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

बुढाथोकीले सवारी साधनलाई आवतजावत गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

advertisement

अख्तियारको बुटवल कार्यालय अन्तर्गतको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अख्तियारका अनुसार बुढाथोकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गत कसुर गरेको पाइएको छ। यसै आधारमा अख्तियारले बिगो २५ हजार रुपैयाँ कायम गरी कैद सजाय र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारविरुद्ध कडाइका साथ कानूनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

 

 

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com