काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन्।

एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

advertisement

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थियो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो ।

कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का संघीय सांसद एवं  संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका थिए ।

कार्यक्रममा एमालेको मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरू पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललगायत सहभागी थिए ।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com