काठमाडौं । कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेशको तयारीमा त्रुटि भएको पाइएको छ।

न्यायाधीश नितिजकुमार राईले पुस २५ गते रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश जारी गरेका थिए। तर, आदेशको अन्त्यमा टाइप गरिएका मितिमा २०८१ साल पुस २४ गते उल्लेख गरिएको छ। न्यायाधीश राईले आदेशमा हस्ताक्षर गरेका छन्, र हस्ताक्षरमुनि हातले लेखिएको मितिमा पनि पुस २४ नै लेखिएको छ।

advertisement

तर, आदेश औपचारिक रूपमा पुस २५ मा मात्र तयार भएको हो। यस विषयले कानुन क्षेत्रका सरोकारवालाको चासो बढाएको छ। उनीहरूले आदेश आउनुअघि नै अघिल्लो मिति कसरी लेखियो भनेर प्रश्न उठाएका छन्।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले यो त्रुटि अनजानेमा भएको स्पष्ट पारेका छन्। उनका अनुसार आदेशमा अघिल्लो दिनको मिति पुस २४ लेखिनु प्राविधिक त्रुटि हो।

 

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com