काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

पुस मसान्तसम्म बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा रहेको १ अर्ब ९० करोड ३८ लाख रुपैयाँको तुलनामा ९२.०३ प्रतिशत कम हो।

advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेको छ भने फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशतले घटेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशतले घटेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ, जसका कारण बैंकको सञ्चालन मुनाफा ९०.४० प्रतिशतले घटेको देखिन्छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) २३ रुपैयाँ ५६ पैसाबाट घटेर २ रुपैयाँ ३ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १८५.११ गुणा छ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com