काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन प्रहरीले जनाएको छ ।
घटना पुस १५ गते भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।
सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
प्रकाशित मिति: ७ माघ २०८१, सोमबार












प्रतिक्रिया