काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नियम विपरित गैरकानुनी कार्यगरी राष्ट्र बैंकको निर्देशनविपरीत काम गर्ने प्रभु बैंकका तत्कालीन संचालक समिती र सिइओ अशोक शेरचनलाई राष्ट्र बैंकले कार्वाही गरेको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समिति र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई कार्वाही गरेको राष्ट्र बैंकले जनाएको छ।
स्थलगत निरीक्षणका क्रममा समेत राष्ट्र बैंकबाट जारी निर्देशनको पालनमा कमजोरीहरु देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएको कैफियतहरू समयमा सुधार गर्न बैंक अग्रसर नदेखिएको पनि राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार












प्रतिक्रिया