काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो अवरोध १० दिनसम्म रहनेछ।
प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युत् वितरण लाइनलाई भूमिगत गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ।
“विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी गराइन्छ,” प्राधिकरणले भनेको छ।
विद्युत् अवरोध हुने मिति र क्षेत्रहरू:
- माघ ९ गते: कलंकी फिडर (कुलेश्वर) अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्र
- माघ १० गते: कोटेश्वर फिडर (बानेश्वर) अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्म
- माघ ११ गते: च्यासल, लुभू फिडर (लगनखेल) अन्तर्गत बालकुमारी, इमाडोल र लुभू वरिपरिका क्षेत्र
- माघ १२ गते: बलम्बु फिडर अन्तर्गत बलम्बु क्षेत्र
- माघ १३ गते: रोपवे फिडर (कीर्तिपुर) अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र
- माघ १४ गते: इमाडोल–१ (बानेश्वर) अन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुलसम्म
- माघ १५ गते: गोठाटार (जोरपाटी) फिडर अन्तर्गत मानटार चोक क्षेत्र
- माघ १६ गते: मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र
- माघ १७ गते: शंखमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र
- माघ १८ गते: केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्र
प्राधिकरणले जनतालाई यस असुविधाप्रति क्षमायाचना गर्दै वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार












प्रतिक्रिया