काठमाडौँ । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ।

गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने देखिएको छ ।
स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरू भएको समाचारमा जनाइएको छ । यसअघि पनि अमेरिकाले नेपालीलाई फर्काएको उदाहरण छ ।

advertisement

पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइको छ । जसमा सन् २०२१ मा ३८ साथै २०२२, २३ र २४ मा क्रमशः २४, २५ र १६ जना छन् । अमेरिका मात्र नभएर पछिल्लो ४ वर्षमा ४ हजार नेपाली विदेशबाट फर्काइएको छ ।

भारतीय विदेश मन्त्री एस. जयशंकरले अमेरिकामा गैरकानूनीरूपमा बसेका भारतीयहरूलाई फिर्ता गर्न भारत तयार भएको भन्दै सहयोगको प्रतिबद्धता जनाइसकेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयबाट भने यसबारे कुनै सार्वजनिक धारणा आएको छैन ।

प्रकाशित मिति: १० माघ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com