काठमाडौं। नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले)ले आफूलाई गम्भीर रूपमा नलिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
गौतमले भने, “एमालेले सहकार्य र एकता गर्ने भनेको थियो, तर अहिले केही प्रगति छैन। मलाई गम्भीरताका साथ लिएन।”
उनले आफ्नो अवस्था ‘यता न उता’को भएको बताए। गौतमले भने, “अहिले आएर स्थिति अलमलको जस्तो छ। एमाले सहकार्य र एकताका विषयमा गम्भीर देखिएन। अब के गर्ने भन्नेबारे सोचिरहेको छु र यसबारे छलफल गर्दैछु।”
प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार












प्रतिक्रिया