काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानीमन्त्री प्रदीप यादवलाई आरोप लगाएर समय खेर नफाल्न र काम गरेर देखाउन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले मन्त्री यादवले आफू फर्किएपछि नानाथरी आरोप लगाएको भन्दै आफ्नो प्रतिक्रिया जनाएका हुन्।

साम्पाङले लेखेका छन्, “खानेपानीमन्त्रीले मैले पुरानो गाग्री लिएर आएको विषयमा गुनासो गर्दै हिजो (शुक्रबार) दिनभरि बर्बराएको सुनें। नहुने आरोपहरू पनि लगाएको देखियो। मेरो अगाडि बहस गर्दा राम्रो हुने थियो, तर म फर्किएपछि यसरी बर्बराउनु सुहाएन। अब बर्बराउन छोडेर काम गर। काम गरेर देखाऊ, म बधाई दिनेछु। होइन भने जनताले आफैं मूल्याङ्कन गर्नेछन्।”

advertisement

शुक्रबार मन्त्री यादवले हर्क साम्पाङलाई नाटक गरेको आरोप लगाएका थिए। धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै साम्पाङ पुरानो गाग्री बोकेर काठमाडौं आएका थिए र मन्त्री यादवसँग भेट गरेका थिए। तर सिंहदरबारको गेटमा प्रहरीले गाग्री लैजान नदिएपछि नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com