काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता महेश बस्नेतले सहकारी ठगीको आरोपमा रवि लामिछानेलाई धरौटीमा छाड्ने अदालतको फैसलाप्रति आशंका व्यक्त गरेका छन् ।

शनिबारबाट सुरु भएको राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले सहकारीमा ऋण लिएकै आधारमा आफ्नो संगठनका नेताहरु ११ महिनादेखि जेलमा बसिरहेको तर, सप्रमाण सहकारी ठग्दापनि रवि धरौटीमा छुटेको भन्दै प्रश्न उठाएका हुन् ।

advertisement

‘रवि लामिछानेको विषयमा हाम्रो एक जना साथीले अघि नाम बिर्सिए । थर बिर्सिए भन्दै हुनुहुन्थ्यो । बिर्सन आवश्यक छैन् । सहकारी ठग । योजनावद्ध ठग । पटके ठग । पटक-पटक सम्झेर म भन्छु रवि लामिछाने हुन् । हाम्रो उपमहासचिव महेन्द्र गुरुङ सुर्यदर्शन सहकारीबाट १२ करोड ऋण लिनुभएको थियो । पोखरामा राम्रो व्यवसाय गर्नुभएको थियो । जीबी राईले डायरीमा ऋण होइन सेयर भनेर लेखिदिएछन् । आज ११ महिनादेखि त्यही कास्की अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा छन् । अनि ४५० ओटा चेक पनि काटेकै हो । गोर्खा मिडियाको एमडी हुनुभन्दा अगाडिदेखि सहकारीबाट पैसा लिएकै हो । १५ प्रतिशत स्वीट सेयर भन्दिए । तर, त्यो दुई करोडको पैसा सेयर रहेछ । त्यो पनि स्वर्णलक्ष्मी सहकारीबाट । पुरानो चेक काटेको हो । ८९ करोड भन्दा बढी पैसा सहकारीमा बुझाएकै हो । रास्कोट हअस्पताल लगायतका विभिन्न ठाउँबाट श्रीमतीको नाममा पटक पटक रकम बुझाएकै हो । तर, ६० लाख र ६५ लाख धरौटीमा छाडिन्छ । न्यायाधीशको फैसला हामी मान्छौं । तर, के यो न्यायोचीत फैसला हो त ? । रविको पैसा जम्मा गर्ने रोशनी गुरुङ थुनामा पर्ने अनि रवि धरौटीमा छुट्ने ?’ उनले भने ।

प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com