कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा छाउगोठमा सुतेकी एक महिलामाथि बाघले आक्रमण गरेको छ।
४५ वर्षीया सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार घर नजिकै रहेको छाउगोठमा सुतेकी अवस्थामा बाघले बिटालुलाई आक्रमण गरेको हो। प्रहरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।
प्रकाशित मिति: १४ माघ २०८१, सोमबार













प्रतिक्रिया