काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्बिर देखाइएको भन्दै गुनासो व्यक्त गरेका छन्।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यसम्बन्धी गलत चित्रण गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

advertisement

केही दिनदेखि स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले लामो यात्रा नगर्न सुझाव दिएका थिए। त्यसैले गत शुक्रबार उनले भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङको ब्रेक थ्रुलगायतका कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म सामान्य बिरामी भएको हुँ, र अहिले पनि कमजोर छु। रुघाखोकी अलि बढी लागेको थियो। तर, यस्तो अवस्थामा पनि मलाई अक्सिजन माक्स लगाएको वा आइसियुमा भेन्टिलेटरमा रहेको तस्बिर देखाइन्छ। यस्तो कुरा निहुँ खोज्ने जस्तो लाग्छ।’

उनले आफ्नो स्वास्थ्य समस्यालाई गलत तरिकाले चित्रण गर्न खोजिएको र त्यसले कुनै उद्देश्य पूरा नहुने बताए।

‘तपाईंहरूले पनि देख्नुभयो होला। मलाई सामान्य रुघाखोकी लागेको हो, र अहिले पनि पूर्ण रूपमा निको भएको छैन। एन्टिबायोटिकले थकित बनाएको छ, कुरा यत्ति हो। तर, जसरी मलाई आइसियुमा देखाउन खोजिन्छ, त्यो उद्देश्य कहिल्यै पूरा हुने छैन,’ प्रधानमन्त्री ओलीले प्रष्ट पारे।

 

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com