काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणको मामिलामा नेपाल जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना रहेको बताएका छन्।

सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी) ले नेपाललाई अन्तर्राष्ट्रिय अनुगमनको जोखिमपूर्ण सूचीमा राख्न सक्ने संकेत गरेको जानकारी दिए।

advertisement

उनले एफएटीएफले सम्पत्ति शुद्धीकरण र गैरकानूनी क्रियाकलाप रोक्नका लागि बनाएका अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको अवस्थामा नेपाललाई कालोसूचीमा राख्न सकिने बताए। फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालले पेश गरेका सबै रिपोर्टको समीक्षा गरी ग्रे लिस्टमा राख्ने वा नराख्ने निर्णय हुने उनले जनाए।

गभर्नर अधिकारीका अनुसार, नेपाल ग्रे लिस्टमा परे पनि त्यहाँबाट चाँडै बाहिर निस्कनका लागि पर्याप्त आधार तयार भएको छ। उनले नियमनकारी निकायहरूबीच समन्वयात्मक काम भएमा ग्रे लिस्टमा परे पनि छिट्टै समस्याबाट मुक्त हुन सकिने उल्लेख गरे। साथै, क्यास कारोबारलाई बढी जोखिमयुक्त मानिएकोले थ्रेसहोल्ड तोकिएको उनको भनाइ थियो।

नेपालको सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिहरूलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुपले निगरानी गर्छ। एफएटीएफको नौ उपसमूहमध्ये एपीजी एक प्रमुख समूह हो, जसले नेपालको मूल्याङ्कन गरिरहेको छ।

 

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com