काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको आफूसँग ६५ लाख रूपैयाँ धरौटी मागेको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा दिएको पुनरावेदनको सुनुवाई आज हुँदैछ । रविले हिजो पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले दिएको आदेशविरुद्धको सुनुवाई उच्च अदालतका न्यायाधीश मिलन कुमार राईको इजलासमा हुँदैछ । रविले पुनरावेदनमा जिल्ला अदालतको धरौटी माग्ने आदेश बदर गर्दै साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउनुपर्ने माग राखेका छन् ।

advertisement

कास्कीबाहेक रविसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटी मागेका छन् । रविले काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि उच्च अदालत जाने तयारी गरेका छन् ।

 

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com