काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् ।

advertisement

फेसबुकसहितका सामाजिक सञ्जालमा एकअर्काको मानमर्दन हुने गरी विभिन्न विषयहरु पोष्ट हुन थालेपछि सरकारले नियमन र नियन्त्रण गर्न विधेयक ल्याएको बताएको छ ।

परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्थामा ट्रोल गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने उल्लेख छ ।

यस्तै सरकाले अनुमति पत्र नलिई वा रोक लगाएको सामाजिक सञ्जाल सञ्चालन गर्न नहुने, राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, साइबर स्तकिङ गर्न नहुने लगायतका विषय पनि विधेयकमा समेटेको छ ।

कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोष्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ । डिपफेक भिडियो अपलोड वा प्रसार गर्नुलाई पनि दण्डनीय मानिएको छ ।

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com