काठमाडौं । पाथीभरा केवलकार परियोजनाको विरोधमा जारी आन्दोलनमा प्रहरी दमन रोकिएको छैन। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गर्नुका साथै आन्दोलनकारीका नेताहरूलाई पक्राउ गर्न थालेको छ।
विवादित ब्यापारी चन्द्र ढकालले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर सामुदायिक बन फँडानीगरी पाथिभरामा केबलकार बिस्तारको काम थालनी गरेका छन्। जसका कारण प्राकृतिक सम्पदाको ब्यापक दोहन भईरहेको छ। पाथिभरामा केवलकार बिस्तार गरेर पाथिभरा क्षेत्र व्यावसायिक प्रयोजनको लागि हडप्ने नितिमा अगाडि बढेका बिबादित व्यापारी ढकालले प्रसिद्ध माता पाथिभराको मन्दिरमा दैनिक हजारौं नेपाली तथा भारतीय श्रदालु भक्तजनको घुईचो लाग्ने हुँदा दैनिक करोडौं कुम्ल्याउने दाउमा देखिन्छन्।
ब्यापारीक प्रयोजनको लागी निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नितिगत भ्रष्टाचार भएको स्थानीयको भनाई छ।
केवलकार देखी होटल व्यवसायसम्म सन्चालन गरेर पाथिभरा पनि हडप्ने दाउमा रहेका ढकालको ब्यापारीक फाइदाको लागी स्थानिय धार्मिक सम्प्रदायको धार्मिक मूल्य-मान्यतामाथी समेत प्रहारगरि राज्यले सरकारी सम्पत्ति समेत ब्यक्तिलाई सुम्पिएर प्राकृतिक सम्पदाको दोहन गराउनु उचित नभएको जानकारहरु बताउँछन्। त्यसैको बिरोधमा केही समय देखी ताप्लेजुङमा आन्दोलन चर्किरहेको छ। आज स्थानिय संघर्ष समितीले ताप्लेजुङ बन्द गरेका छन्।
आज (मंगलबार) ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बन्द गराउँदै हिँडिरहेका पहिचानवादी मोर्चाका जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ। मादेन पाथीभरा केवलकारको विरोधमा चलेको आन्दोलनका मुख्य नेतृत्वकर्ता मानिन्छन्।
सोमबार, पाथीभरा क्षेत्रको बलुडाँडामा परियोजनाविरोधी प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रहरीको गोली प्रहारबाट तीनजना गम्भीर घाइते भएका थिए। आन्दोलनकारीले केवलकार परियोजनाले धार्मिक क्षेत्रको पहिचानलाई धूमिल बनाउने र पर्यावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै परियोजना स्थगित गर्न माग गरिरहेका छन्।
प्रहरी दमनको विरोधमा आन्दोलनकारीहरूले ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्द घोषणा गरेका छन्। यसले ताप्लेजुङको जनजीवन थप प्रभावित भएको छ। पछिल्लो समय ताप्लेजुङमा अवस्था झन् जटिल बन्दै गईरहेको छ।
प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार












प्रतिक्रिया