काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् । देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गदै उनले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले महत्वपूर्ण काम गरेको बताए ।

प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला पार्टी जुन उद्देश्यका साथ सरकारमा आएका छन् त्यो उद्देश्य पूरा गर्ने काममा लागिपरेको बताए । उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा केही विपक्षी दलका नेताले चरम निराशाको खेती गरेर देशलाई राजनैतिक अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाए ।

advertisement

उनले सरकारबाट बाहिरिएपछि केही नेताले हतास, आवेग र कुण्ठामा जनतामा यस्ता निराशाका भाष्य निर्माण गर्ने काममा उद्यत बनेको टिप्पणी गरे । उनले बिग्रिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेको देशको अर्थतन्त्रलाई माथि उकास्न, देशमा सुशासन कायम गर्र्दै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सरकार गठनको आवश्यकता परेको बताए ।

उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीहरुले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गएको बताए ।

डेढ वर्षसम्मको अस्थिर राजनीतिक अवस्थालाई राजनीतिक स्थायित्व सिर्जना गर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादललाई हटाउँदै लोकतन्त्रप्रति जनतामा भरोसा जगाउने काममा सरकार क्रियाशील बनेर लागेको नेता ज्ञवालीले बताए ।

  • रासस

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com