काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

शुक्रबार रास्वपाका सांसदहरूसहित सिंहदरबार पुगेका लामिछाने र सभामुख घिमिरेबिच अहिले छलफल जारी छ।

advertisement

लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख घिमिरेलाई भेट्न गएको बताइएको छ। निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित लामिछानेले निलम्बन फुकुवाका लागि आग्रह  गरेको बताइएको छ।

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पनि निलम्बन फुकुवा भएको उदाहरण दिँदै लामिछानेले आफ्नो हकमा समेत सोही प्रक्रिया लागु हुनु पर्ने र त्यसका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरेको एक नेताले बताए ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com