महोत्तरी । भारतमा जारी प्रयागराज महाकुम्भ मेला बाट फर्किदै गरेकाे स्क्रपीयो गाडी दुर्घटना हुँदा महोत्तरीका एकै परिवारका ४ जनासहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना नेपाली घाइते भएका छन् ।
बि.आर.३२ पि.ए ४६६१ नम्बरको जीपले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको बिहार प्रहरीले जनाएको छ ।
महाकुम्भमा स्नान गरेर फर्किंदै गरेका महोत्तरी मनराशिस्वा २ कट्टी निवासी ५० वर्षिया मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षिया इन्दु देवी झा, ३० वर्षीया अर्चना झा रहेका छन् भने अर्का मृतक चालकको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका ३० वर्षिय मनोहर कुमार झा, २५ वर्षिया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर,५० वर्षीया जगतारन देवीको एसकेएमसिएच मुजफ्फरपुरमा उपचार भइहेको छ ।
उनीहरु स्नान गरेर फर्कीदै गर्दा बिहारको मुजफ्फरपुर सदर थाना क्षेत्र मादापुर नजिक शनिबार बिहान दुर्घटना भएको थियो ।
प्रकाशित मिति: १९ माघ २०८१, शनिबार













प्रतिक्रिया