काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र उनका श्रीमान् युवराज श्रेष्ठबीच सम्बन्ध राम्रो नभएको चर्चा सुरु भएको छ। अरुणिमाले सामाजिक सञ्जालबाट श्रीमानसँगका तस्बिर र भिडियोहरू हटाएपछि यो चर्चा झन् बलियो बनेको हो।

गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराजसँग विवाह गरेकी अरुणिमाले हालै फेसबुकबाट श्रीमानसँगका तस्बिर हटाएकी छिन्। विवाहपश्चात् उनले सामाजिक सञ्जालमा थुप्रै तस्बिर र भिडियोहरू राखेकी थिइन्, तर अहिले ती सामग्रीहरू देखिँदैनन्। इन्स्टाग्राममा समेत दुवैले एकअर्कालाई फलो गरेको देखिन्न।

advertisement

एक अन्तरवार्तामा अरुणिमा र युवराजले मागी विवाह गरेको खुलाएका थिए। नेपाल घुम्न आएकी बेला आफन्तमार्फत युवराजसँग चिनजान भएको र १५ दिनमै विवाह भएको उनीहरूले बताएका थिए।

हाल अरुणिमा अमेरिका बस्दै आएकी छिन् भने उनका श्रीमान् युवराज नेपालमै छन्। अरुणिमाले श्रीमानसँगका तस्बिर हटाए पनि युवराजले भने हटाएका छैनन्। उनको फेसबुक प्रोफाइलमा अहिले पनि विवाहका तस्बिरहरू देख्न सकिन्छ।

 

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com