काठमाडौं – काठमाडौंको कमलपोखरीस्थित एक खाद्य व्यवसायमा आज बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्। तीमध्ये ११ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार विस्फोट सानदार म:म नामक पसलमा भएको हो। घाइते सबै सोही पसलका कामदार रहेको उनले बताए।

advertisement

घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य पाँच जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

विस्फोटका कारण पसल रहेको घरको छत भत्किएको छ। घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली तथा मालीगाउँ प्रहरीको विशेष टोली परिचालन गरिएको छ। अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com