काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकामा राजनीतिक प्रभाव रोक्नुपर्ने आवश्यकता औंल्याएकी छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद् विघटनविरुद्ध फैसला गर्दा आफूलाई प्रधान न्यायाधीश नबनाउने चेतावनी आएको खुलासा गरेकी छन्।

तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजद्वारा आयोजित ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’को समापन समारोहमा बोल्दै न्यायाधीश मल्लले न्यायिक स्वतन्त्रताको विषयमा आफ्नो धारणा राखेकी थिइन्। ‘न्याय-अन्याय’ शीर्षकमा कानुन अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले संसद् विघटनसम्बन्धी फैसलाका क्रममा सामना गर्नुपरेका दबाबबारे प्रकाश पारिन्।

advertisement

विद्यार्थीहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्, “त्यो बेला मलाई स्पष्ट रूपमा भनिएको थियो— अब तिमी प्रधान न्यायाधीश बन्दैनौ। तर मेरो उत्तर थियो— ‘नबने के भयो? म न्यायाधीश बनेको कारण न्याय गर्नु हो, कुनै पद प्राप्त गर्नु होइन। म संविधान र न्यायको मूल्यमान्यतासँग सम्झौता गर्न सक्दिनँ।’’

उनले न्यायपालिकामा राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गर्न सबै पक्षले सचेत रहनुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com